काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईँको गिरफ्तारीविरुद्ध उनका छोरा नीरज प्रसाईँले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईँको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सो रिटमा सरकारको नाममा कारण देखाऊ आदेश भने जारी भएको छ ।
प्रसाईँलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाको उजुरीको आधारमा प्रसाईँलाई अदालतको अनुमति लिएर प्रसाईँलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
Discussion about this post