इटहरी : जितिया पर्वको अवसरमा इटहरी उपमहानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । यहाँको थारु जातिलाई प्रथम नागरिक घोषणा गरेको उपमहानगरले जितियामा बुधबार बिदा दिने निर्णय गरेको हो ।
थारु समुदायले मनाउने जितिया उनीहरूको सम्मानका लागि बिदा दिइएको नगर प्रमुख हेमकर्ण पौडेलद्धारा जारी सूचनामा उल्लेख छ ।
थारुहरूको बाहुल्यता रहेको इटहरीमा अघिल्लो वर्ष पनि उपमहानगरले बिदा दिने निर्णय गरेको थियो ।
इटहरी अस्पतालबाहेक इटहरी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यलय र अन्तर्गतका सम्पूर्ण कार्यलयहरू तथा नगर क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्थाहरू बिदा रहने उपमहानगरले जनाएको छ ।
Discussion about this post