विराटनगर । मोरङको ग्रामथानमा आफ्नै घरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार करेन्ट लागेर ग्रामथान गाउँपालिका–२ का ५० वर्षीय जगदीश सरदारको बुधबार दिउँसो मृत्यु भएको हो । आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा दिउँसो १ बजेतिर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । घटनाको अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए ।
Discussion about this post