काठमाडौं एलन मस्कलाई बेलायत सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा निमन्त्रणा नदिएको विषय चर्चामा रहेको छ ।
गत महिना बेलायतमा भएको दंगाका क्रममा उनले सामाजिक सञ्जालमा पोष्ट गरेका कारण उनलाई यो सम्मेलनमा निमन्त्रणा नगरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
आगामी अक्टोबरमा हुन लागेको लगानी सम्मेलनमा विश्वभरका ठूला लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरिएकोमा मस्कलाई बेलायत सरकारले निमन्त्रणा नगरेको बिबिसीले उल्लेख गरेको छ ।
Discussion about this post