इलाम : इलाममा खोलाले बगाएर एक बृद्धको मृत्यु भएको छ। इलामको माई नगरपालिकामा ८ स्थित सेते खोलाले बगाएर स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो।
खोला तर्ने क्रममा बगाइरहेको अवस्थामा स्थानीयले देखेपछि उनको उद्धार गरिएको थियो ।
उद्धारपछि उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post