काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागी तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज सबैजसो तरकारीको मूल्यको भाउ बढेको छ ।
कालीमाटी बजारमा आज सानो गोलभेँडा किलोको ७५ रुपैयाँ किनबेच भइरहेको छ ।
टनेलको सानो गोलभेँडा आज गोलभेँडा आज किलोको ९० रुपैयाँ किनबेच भइरहेको छ ।
त्यस्तै, गाजर किलोको एक सय १० रुपैयाँबाट एक सय ९० रुपैयाँ पुगेको छ ।
बन्दा किलोको ६५ बाट ८५ रुपैयाँ पुगेको छ । काउली एक सय पाँच रुपैयाँबाट एक सय ४५ रुपैयाँ, बोडी ७५ बाट एक सय १० र तिते करेला किलोको ७५ बाट एक सय १० रुपैयाँ पुगेको छ । इस्कुस किलोको १७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ ।
यस्तै तोरीको साग किलोको ४५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ । तरकारीसँगै फलफूलको भाउ पनि बढेको छ । लगातारको वर्षाले हिजो काठमाडौँ उपत्यका र आसपासमा बाढी तथा पहिरो गएका कारण ढुवानीमा समस्या भई भाउ बढेको हो ।
Discussion about this post