काठमाडौँ । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
Discussion about this post