दुहबी । सुनसरीको दुहबी नगरपालिका वडा न ४ मा रहेको महेन्द्र मेमोरियल एकेडेमीले एकै पटक १७ सय विद्यार्थीहरूको बिमा गरिदिएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) सँगको सहकार्यमा उक्त विद्यालयका विद्यार्थी शिक्षक र कर्मचारीको बिमा गरिएको हो ।
इन्स्योरेन्स इटहरी शाखाको ब्रान्च मेनेजर रमेश बाबु कार्कीले एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक निश्चल राज शाक्यलाई बिमालेख हस्तान्तरण गरेका छन् ।
बिमालेख हस्तान्तरण गर्दै इन्स्योरेन्स इटहरी शाखाका ब्रान्च मेनेजर कार्कीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको बिमा गरिएको बताए ।
उनले विद्यार्थी उमेरमा चञ्चले स्वभाव हुने र सो समयमा बढी दुर्घटना हुने भएकाले यो बिमाले दुर्घटनामा परेका विद्यार्थीहरूको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महेन्द्र मेमोरियल एकेडेमी स्कुलले दुर्घटनापछिको सम्भाव्य जोखिम कम गर्न विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीको लागि १ लाखको दुर्घटना बिमा गरेको प्रधानाध्यापक शाक्यले बताए ।
विद्यालयमा विद्यार्थीहरू बस तथा पैदल यात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटनाको जोखिम रहेको र सो जोखिमबाट आई पर्न सक्ने पैसाका अभावमा ढिलो गरी उपचार गर्नुपर्ने बाध्यता बिमा कार्यक्रमले टार्न सहयोग पु¥याउने प्रधानाध्यापक शाक्यले बताए ।
Discussion about this post