इटहरी : लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सी को दोस्रो क्याबिनेट मिटिङमा लायन्स कर्मीहरूलाई सम्मान गरिएको छ ।
शनिवार इटहरीको लायन्स भवनमा भएको दोस्रो क्याबिनेट मिटिङको उद्घाटन सत्रमा लायन्स कर्मीहरूलाई सम्मान गरिएको हो ।
डिस्ट्रिक्ट ३२५ सी का गभर्नर लायन विकास अधिकारीले लायन्स स्टारको रूपमा एरिया चारका एरिया चिफ लायन थानेस्वर ढकाल , एरिया कोर्डिनेटर लायन दुर्गा प्रसाद पौडेल र लायन भोजराज दाहाललाई अन्तर्राष्ट्रिय सर्टिफिकेट र मेडल सहित सम्मान गरेका हुन् ।
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत रहेका ६ वटा एरिया मध्ये एरिया चार उत्कृष्ट एरियाको रूपमा छनोट भएको र उक्त एरियाको एरिया चिफ र २ जना कोर्डिनेटर सम्मानित भएका हुन् ।
कार्यक्रममा रिजन, जोन क्लबका अध्यक्षहरू लगायत विभिन्न विद्याका लायन्स ब्याक्तित्वहरु पनि सम्मानित भएका थिए ।
दोस्रो क्याबिनेट मिटिङमा तथा १०० दिनको कार्य समीक्षा सहित आगामी रणनीतिका बारेमा नीतिगत रूपमा मिटिङमा छलफल भएको गभर्नर विकास अधिकारी ले बताए ।
मिटिङमा डिस्ट्रिक्टका र मल्टिपलका उच्च पदस्थ व्यक्तिहरू तथा भारतबाट पूर्व डिस्ट्रिक्ट गर्भनर तथा पूर्व आइडी एल सी आई एफ कोर्डिनेटर तथा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सी अन्र्तगत रहेका ६ वटा एरियाका ८५० जना लायन्सहरुको उपस्थीति रहेको थियो ।
Discussion about this post