काठमाडौँ : नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामग्रीको व्यवस्था गर्न भारत सरकारले सहयोग गरेको छ ।
भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसमक्ष सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
टारपोलिन, स्लिपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेटलगायतका सामाग्री सहयोग गरिएको हो । मानवीय सहायताको खेप भारतबाट नेपालगञ्ज ल्याएर सहयोग गरिएको हो ।
भारत सरकारले अत्यावश्यक सरसफाई सामाग्री तथा औषधीका साथै राहत सामाग्रीको व्यवस्था गरिरहेको सिंहले बताए ।
२०७२ सालको भूकम्पमा पनि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको उनले बताए । उनकाअनुसार २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराएर सहयोग गरेको थियो ।
साथै, अहिले आएको विपत्तिमा नेपाल सरकारलाई जुनसुकै बेला सहयोग गर्न भारत सरकार तत्पर रहेको सिंहले जनाए ।
Discussion about this post