विराटनगर । भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) खरिद गरेर फर्किएका दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–४ का २७ वर्षीय रोहित थापामगर र विराटनगर–१५ का २३ वर्षीय विक्रमकुमार साहलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार विराटनगर–१६ हुलास चोकबाट साँझ ५ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २.५६ ग्राम बरामद भएको छ । इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ ।
Discussion about this post