Notice: Trying to get property 'child' of non-object in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 45
Notice: Trying to get property 'child' of non-object in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 25
Notice: Trying to get property 'child' of non-object in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 25
Notice: Trying to get property 'child' of non-object in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 25
सातौं चरणअन्तर्गत चर्च ब्वाइज र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । पुलिसले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा फ्रेन्ड्समाथि ३-१ को जित निकाल्दै जारी लिगमा पहिलो जित निकालेको हो । नवप्रवेशी चर्च ब्वाइज र एपीएफबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
निर्धारित समयमा दुवै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए । सुरुवातबाट आक्रामक रुपमा देखिएका दुवै टोलीले स्पष्ट जितको खोजीमा थिए । गोलका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेनन् । खेलको २४औं मिनेटमा एपीएफका एडमा विडोमको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा एपीएफको अग्रता हुने अवसरलाई खेर गएको थियो । ३५औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टको फ्रिकिक एपीएफका गोलकिपर युया कुरियामाले बचाउँदा ४३औं मिनेटमा जोफेफ बेम्पाको प्रहार पोलमा लागेर फर्कियो ।
यसै सिजन बढुवा हुँदै लिगमा स्टार खेलाडीलाई अनुबन्ध गरेको चर्च ब्वाइजले दोस्रो हाफमा पनि सुनौला अवसर खेर फालेको थियो । ७४औं मिनेटमा मणि लामाले प्रहार गरेको फ्रिकिकमा विदेशी खेलाडी एडमा विडोमले भेटाउन सकेनन् । यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । यस्तै एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।
लिगअन्तर्गत सोमबारै भएको अर्को खेलमा विदेशी खेलाडी भित्र्याएको नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकोको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले ललितपुरको टोली फ्रेन्ड्स क्लबलबाई ३-१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । पुलिसले सातौं चरणको खेलमा पहिलोपटक स्पष्ट अंक जोड्न सफल भएको हो ।
अघिल्लो खेलहरुमा अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गर्दा विदेशी खेलाडी मोसेसले डेब्युमा नै गोल गरे । यस्तै फ्रेन्ड्सका पनि विदेशी खेलाडी टोरिक जेब्रिनले सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए ।
विदेशी खेलाडी समावेश भएपछि उच्च मनोबलका साथ खेलेको पुलिसले पहिलो हाफमा भने अपेक्षाअनुसार खेल्न सकेन । दोस्रो हाफमा तालमेल मिलेपछि आक्रामक रुपमा देखिएको पुलिसले ५०औं मिनेटमा गोलको खाता खोल्यो । मोसेसको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ५७औं मिनेटमा बुद्धले टोलीको अग्रता दोब्बर बनाउँदा खेल सकिन चार मिनेट बाँकी रहँदा फ्रेन्ड्सले गोल गर्दै अन्तर छोट्याएको थियो ।
८६औं मिनेटमा फ्रेन्ड्सका जेब्रिनले खेललाई २-१ को स्थितिमा ल्याएको खेलको ८९औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ३-१ को जित निश्चित गरेको हो । जितसँगै पुलिसले ७ खेलबाट तालिकामा ४ अंक पुर्याएको छ । फ्रेन्ड्सको पनि ७ खेलमा समान ४ अंक नै भएको छ ।
लिगमा मंगलबार दुई खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दा च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबसँग खेल्नेछ ।
Discussion about this post