विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले भवन निर्माणका लागि जग्गा प्राप्त गरेको छ ।
मोरङको कटहरी गाउँपालिका ६ आदर्शनगरमा भवन निर्माणका लागि पाँच कट्ठा ६ धूर जग्गा प्राप्त भएको प्रदेश सभापति उद्वव थापाले जानकारी दिए ।
उनका अनुसार पार्टीका पूर्वकेन्द्रीय सदस्य हसन अन्सारी र उनका छोरा अफताब हसन अन्सारीले पार्टीका लागि जग्गा दिएका हुन् ।
‘पार्टी कार्यालयको भवन निर्माणको तयारी पनि सुरु गरिएको छ,’ पार्टी सभापति थापाले भने, ‘चाँडै टेण्डर प्रक्रिया खुलाएर एक महिनाभित्र भवन निर्माणको काम सुरु गर्छौँ ।’
उनका अनुसार साढे तीन तले भवनमा पाँच सयभन्दा बढी मानिस अट्ने सभाहल बन्नेछ ।
यस्तै, माथिल्लो तलामा प्रदेश कार्यसमितिका पदाधिकारीहरूको कार्यालय, बैठक कक्ष, लाइब्रेरी, सदस्यहरूको कोठा र गेष्ट रुम बनाइने थापाले बताए ।
‘
हामीले यसअघि निकै समयदेखि जग्गा खोजी गरेका थियौँ,’ उनले भने, ‘लामो संघर्षपछि जग्गा प्राप्ती भएको छ, चाँडै सम्पन्न गर्नेगरी हामी काम सुरु गर्नेछौँ ।’
Discussion about this post