काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी भोलि स्वदेश फर्कने भएका छन् ।
गत फागुन ३ गते राति आफ्नै निवास काठमाडौको बुद्धनगरमा ग्यास लिक भएर आगालागी हुँदा उनी घाइते भएका थिए ।
भारतमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन् ।
भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार भैरहेको छ ।
उपचारपछि भोलि बेलुका काठमाडौ आइपुग्ने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिएका छन् ।
भण्डारीको स्वास्थ्यमा सुधार आएको उनले बताए । उनी बोल्न र हिँड्न थालेका छन् ।
आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।
Discussion about this post