काठमाडाै । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई हराएको छ ।
गएराति मोहालीमा भएको खेलमा लखनउ ५६ रनले विजयी भयो ।
जितसँगै लखनउ अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
लखनउले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो ।
पञ्जाबका अथर्व ताइडेले ६६ रनको अर्धशतकीय पारी खेले ।
लखनउका यश ठाकुरले ४ र नभिन उन हकले ३ विकेट लिए । रवि विश्नोइले २ तथा मार्कस स्टोइनिसले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
लखनउका मार्कस स्टोइनेसले सर्वाधिक ७२ रन जोडे । कायल मेयर्सले ५४ रन बनाए ।
पञ्जाबका कागिसो रबाडाले २ तथा अर्शदीप सिंह, लियम लिभिङ्स्टोन र साम करनले समान एक/एक विकेट लिए ।
आठ खेलमा पाँच जितसहित लखनउको १० अङ्क भएको छ ।
समान खेलमा चार जित रहेको पञ्जाब आठ अङ्कसहित छैटौँ स्थानमा छ ।
Discussion about this post