काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताएका हुन् ।
प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पत्तिको प्रतिफललगायतमा छलफल चलाउन जरुरी रहेको उनको भनाइ छ ।
देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । उनले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गरे । पर्यटन, जलविद्युत्, कृषि व्यवसाय र आईटीलगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रूपमा लाभ लिन सकिने बताए ।
पर्यटन, जलविद्युत्, कृषि व्यवसाय र आईटी क्षेत्रमा लगानी विस्तार गर्न सरकारअनुकुल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको मन्त्री महतले बताए ।
Discussion about this post