विराटनगर । कांग्रेस नेतृ सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका केशव दुलाल आफ्नो स्वकीय सचिव नभएको बताएकी छन् ।
मोरङका दुलाल नेपालीलाई भुटानी शरणार्थीका रूपमा अमेरिका लैजान भूमिका खेलेको घटनाका अभियुक्त हुन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै दुलाल आफ्नो स्वकीय सचिव नभएको कोइरालाले दाबी गरेकी हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दुलाललगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
दुलाल आफ्नो चिनजानको साथी मात्रै भएको कोइरालाको भनाइ छ ।
‘केशवजीलाई सबैले चिनेका छन्, उहाँ नेपाली कांग्रेसको सक्रिय सदस्य हो’ उनले भनिन्, ‘तर, उहाँ कहिल्यै पनि मेरो स्वकीय सचिव हुनु भएन । लक्ष्मण थपलिया मेरो स्वकीय सचिव हुनुहुन्छ ।’’
कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण मानव जातिकै बेचविखनसँग सम्बन्धित गम्भीर घटना भएको पनि बताइन् ।
‘कोइरालाले चिनजानका व्यक्ति र साथीमध्येका १ जना मुछिए पनि नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताइन् ।
नेतृ कोइरालाले आफ्ना पार्टीका व्यक्तिहरू मुछिए पनि यो प्रकरणको छानबिन निष्पक्ष तवरले गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।
Discussion about this post