विराटनगर । कोसी प्रदेश, मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुधबार आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ को दफा १२ बमोजिम वार्षिक बुझाएका हुन् ।
पर्याप्त जनशक्ति नहुँदा कार्यसम्पादनमा समस्या भएको बताउँदै आचार्यले कार्यालयमा सहन्यायाधिवक्तासहित २९ जनाको दरबन्दी आवश्यक रहेको उल्लेख गरेका छन् ।
हालसम्म ५२ वटा मुद्दा फर्स्यौट भइसकेको र ७३ वटा मुद्दा बाँकी रहेको आचार्यले बताए ।
१५ जनाको दरबन्दी रहेको मुख्य न्यायाधिवक्ताको कार्यालयमा १२ जना कार्यरत छन् ।
Discussion about this post