काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।
शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
Discussion about this post