चारजना विदेशीसहित १४ जनाले कञ्चनजंघा हिमालको सफल आरोहण गरेका छन् ।
अमेरिकाका आना गुड्डु‚ ताइवानका तारेन्ज र ग्रेस; र फ्रान्सका आलेस्टरले आरोहण गरेका हुन् ।
उनीहरू डिलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए ।
कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाका अनुसार उनीहरूले बिहीबार बिहान ५:४५ बजे सफल आरोहण गरेका थिए ।
डेभिडका अनुसार आरोहण गर्नेमा युक्ता, फुर्सन, तेज, मिङमार, दावा याङजुम, पासाङ दोर्जी, डिमा, दावा तेर्सरिङलगायत छन् ।
उनीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजंघा आएका हुन् ।
यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले आरोहण गरेका थिए ।
खराब मौसमका कारण ४० भन्दा बढी आरोहीहरू सफल आरोहण हुन नसक्दा फर्किएका थिए ।
मिङ्मा डेभिड, निर्मल पूर्जा र मिङमा तेञ्जी सम्मिलित कम्पनीले उनीहरूलाई विश्वको सर्वोच्च शिखरपछि कञ्चनजंघा आरोहणका लागि ल्याएको हो ।
Discussion about this post