भोजपुर । नेपाल प्रेस युनियन भोजपुर शाखामा अर्जुन बस्नेतको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।
जिल्ला सदरमुकाममा भएको ५औ जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा समिति चयन गरेको हो ।्
शाखाका उपाध्यक्षहरुमा गोकुल भुजेल, सरिता सुनुवार, सचिव दिवश श्रेष्ठ, सहसचिव एलिना श्रेष्ठ, कोषाध्यक्ष दिपेन्द्र लुईटेललाई सर्वसम्मत चयन भएका छन् ।
सदस्यदमा तारा तामाङ, सुस्मा राई र शर्मिला राई चयन भएका छन् ।
अधिवेशनका अवसरमा लामो समयदेखि जिल्लामा रहेर प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको साथै श्रमजीवी पत्रकारको पक्षमा भूमिका निर्वाह गरेको भन्दै अग्रज पत्रकार निरोज कोइरालालाई सम्मान गरिएको छ ।
प्रदेशसभा सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति बिनोद बान्तवा, युनियनका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र बान्तवा लगायतले पत्रकार कोइरालालाई सम्मान पत्र प्रदान गरेका थिए ।
अधिवेशनको उद्घाटन सत्र बोल्दै प्रदेश सांसद बिनोद बान्तवाले नकारात्मक कुरामा भन्दा सकारात्मक समाचार सामग्रीहरुमा पत्रकार क्रियाशील भएर लाग्नुपर्ने बताए ।
प्रदेशको कोशी नामाकरण पश्चात सुरु भएको आन्दोलन संयमित बनाउन र वार्तामार्फत् समाधान खोज्न १४ जिल्लाका कांग्रेस सभापतिहरुले आग्रह गरेको समेत बान्तवाले उल्लेख गरे ।
प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र वान्तवाले पत्रकारहरुको हक हितको क्षेत्रमा काम गर्न स्थापित नेपाल प्रेस युनियनले श्रमजिवी पत्रकारहरुको हक हित र संरक्षणका आवाजहरु उठाउँदै आएको बताए ।
उनले पत्रकारलाई दक्ष बनाउन २०८० लाई प्रशिक्षण वर्षका रुपमा युनियनले अघि बढाएको समेत बताए ।
कांग्रेस प्रदेश सदस्य तथा भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले पत्रकारहरु राज्यको समेत चौथो अंग भएकाले समाज रुपान्तरण, जनचेतना अभिवृद्धिमा पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने बताए ।
क्षेत्रीय सभापति तथा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पत्रकारिता पेशलाई व्यक्तिगत पेशाका रुपमा नलिन पत्रकारहरुलाई आग्रह गरे ।
व्यक्तिको नजिक भएर गरिने पत्रकारिताभन्दा पनि यथार्थ र खोजमूलक पत्रकारिता आवश्यक भएको उनले उल्लेख गरे ।
नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारीले विज्ञापन बोर्डले पत्रकारको हकहितमा नै काम गर्ने बताउँदै छापा तथा रेडियोहरुका लागि विज्ञापनमार्फत् सहयोग पुर्याउँदै आएको बताए ।
कांग्रेस भोजपुरका उपसभापति डम्बरकुमार श्रेष्ठ, त्रिवि प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष बेनु कार्की, नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई, नेपाल प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्लेलगायत वत्ताहरुले पत्रकारले राजनीति बुझ्नु पर्ने तर राजनीति गर्न नहुने धारणा राखेका थिए ।
Discussion about this post