काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले आलोपालो नेतृत्वको अवधारणासहित समाजवादी मोर्चा गठनको मस्यौदा तयार पारेका छन् ।
नेक्रविक्रम चन्द नेतृत्वको नेकपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समेटेर एक साताभित्रै मोर्चा घोषणा गर्ने तयारी छ ।
माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीले सामूहिक नेतृत्व, आलोपालो अध्यक्षता, दलका प्रमुख सम्मिलित संयन्त्र गठन र छुट्टै कार्यालय सञ्चालन गर्ने गरी समाजवादी मोर्चाको मस्यौदा तयार पारेका हुन् ।
मोर्चामा सहभागी दलहरुले पार्टीका आन्तरिक गतिविधि भने स्वतन्त्र रुपमा सञ्चालन गर्न पाउने छन् । तर कुनै पनि दलले मोर्चाको धारणाविरुद्ध भने जान पाउने छैनन् ।
मस्यौदा तयार भएसागै नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मोर्चामा सामेल हुने निर्णय गरेको छ ।
समाजवादी मोर्चामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा र बामदेव गौतमलाईसमेत समेट्ने तयारी छ ।
Discussion about this post