इलाम । रासायनिक मल अनाधिकृत रूपमा बेच्ने इलामको एक पसललाई जरिवाना गरिएको छ । सूर्योदय नगरपालिका ११ मा रहेको भट्टराई चिया, कुचो, अदुवा, आलु कृषि व्यवसाय फार्मलाई २ लाख रुपैयाँ जरिवाना गराएको हो।
जिल्ला प्रशासन कार्यालय इलामले उक्त फार्मलाई जरिवानासहित कारबाही गरेको हो । सो फार्म लेखनाथ भटराईले संचालन गर्दै आएका छन् ।
फार्मले अनाधिकृत रूपमा बेच्दै गरेको ३२ बोरा मल नियन्त्रणमा लिइ सूर्योदय नगरपालिकालाई बुझाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।
अनुमति लिइ अनाधिकृत रूपमा मल बिक्री भइरहेको पाएपछि अनुगमन गर्ने क्रममा कारबाही गरिएको हो । पछिल्लो समय प्रसासन कार्यालयको नेतृत्वमा जिल्लामा अनुगमन तीव्र बनाइएको छ ।
केही दिनअघि इलाम नगरपालिकामा सञ्चालित कृषि बिज भण्डारलाई समेत कारबाही गरिएको थियो ।
सहकारी मार्फत् अनुदानको मल ल्याएर बिक्री गर्दै आएको पाइएपछि २ लाख रुपैयाँ जरिमानासहित पसलको गोदामबाट ५२ बोरा मलसमेत जफत गरिएको थियो ।
Discussion about this post