विराटनगर । घाँसकाे भारीले थिचेर माेरङकाे केराबारीमा साेमबार बिहान एक जनाकाे मृत्यु भएकाे छ ।
केराबारी गाउँपालिका- ९ देवीझाेडाका ५६ वर्षीय गणेशप्रसाद सुवेदीकाे मृत्यु भएकाे हाे ।
प्रहरीका अनुसार आफ्नै खेतमा घाँस काटेर फर्किने क्रममा बिहान ७ बजेतिर घाँसकाे भारीले थिचेर बेहाेस भएकाे अवस्थामा सुवेदीलाई फेला पारिएकाे थियाे ।
चिप्लिएर लडेपछि उठ्न नसक्दा उनलाई भारीले थिचेकाे हुनसक्ने अनुमान प्रहरीकाे छ ।
स्थानीयले उद्दार गरेर बेहाेस अवस्थामा उपचारका लागि विराटनगरकाे नाेबेल शिक्षण अस्पताल ल्याएका थिए । अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घाेषित गरेकाे प्रहरीले जनाएको छ ।
शव पाेस्टमार्टमका लागि काेसी अस्पताल ल्याइएकाे छ । माेरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले घटनाकाे अनसन्धान सुरु गरिएकाे जानकारी दिए ।
Discussion about this post