काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ ।
लामिछानेलाई प्रहरीले बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि भोलि पठाउने भएको हो ।
बयान सकिए पनि त्यसलाई प्रमाणीकरण गराउँदा राति अबेर भएपछि उनलाई शुक्रबार मात्र पोखरा पठाइने भएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मंगलबार बयानका लागि रुपन्देही पुर्याइएका लामिछानेको बिहीबार साँझ बयान सकिएको हो ।
बयानका क्रममा लामिछानेसँग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको र उनले इन्कारी बयान दिएको बताइएको छ ।
Discussion about this post