नवलपरासी : कारागारमा कैद भुक्तान गरिरहेका कैदीसँग घुस लिएका कारागार प्रशासक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का कारागार प्रशासक विनोदकुमारदत्त कर्णलाई बिहीबार सजाय सुनाइएको हो।
घुस मागिरहेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धन आयोगले उनलाई एक लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानपश्चात् गत १६ साउनमा मुद्दा दायर भएकोमा आंशिक ठहरको फैसला भएको हो ।
विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यो निर्णय सुनाएको हो। कर्णले नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकीदारसँग घुस मागेका थिए ।
उनलाई चौकीदारबाट हटाउने र अन्य सुविधा नदिने तथा कैदकट्टा र माफी मिनाहाका लागि सिफारिस नगरिदिने तथा अन्य विभिन्न कार्यमा सहजीकरण नगरिदिने भन्दै घुस मागिरहेको उजुरी अख्तियारमा परेको थियो।
Discussion about this post