काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरुद्ध गरेको थियो ।
सोमबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको सहमतिपछि संसद खुलेपछि प्रधानमन्त्रीले स्पष्टीकरण दिएका छन् ।
त्यस क्रममा उनले एमालेलाई सोधे, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा ? के त्यही स्तरको हो मेरो अभिव्यक्ति ?’
प्रचण्डले अगाडि सोधे, ‘के मैले सम्मानित संसद अगाडि उभिएर भन्न पाउनुपर्दैन ? किन ३ दिन संसद अवरुद्ध गरियो मैले बुझ्न सकेको छैन ।’
उनले प्रतिपक्षले राजीनामा माग्नेवित्तिकै दिनुपर्ने हो भन्ने प्रश्न पनि गरेका छन् ।
‘यही हो लोकतान्त्रिक विधि र परम्परा ? के प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ?, संसदमा स्पष्टीकरणको मौका पनि नदिनुपर्ने हो ?’
Discussion about this post