काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।
सिंहदरबारमा शुक्रबार आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् ।
अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको बताए ।
त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।
नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले दाबी गरे ।
भारतमा १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए ।
Discussion about this post