काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री मोहनबहादुर बस्नेतले ७७ वटा जिल्लाका सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क खोप ‘एचपीभी’ उपलब्ध गराउने बताएका छन् ।
बुधबार काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उदघाटन गर्दै उनले पाठेघरको मुखको क्यान्सर अत्यन्तै जटिल रोग भएकाले रोकथामको लागि सीमित श्रोत र साधनको हिसाबले ७७ वटा जिल्लाका सबै किशोरीहरुले पाउने गरी सुरुवात गरेको बताएका हुन् ।
उनले भने, ‘किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क खोप ‘यो अत्यन्तै जटिल रोगको समस्या र जति न्यूनीकरण गर्दा गर्दै देखीरहेको अवस्थामा भएकाले यो रोग नलागोस् भन्नका लागि सिमित श्रोत र साधनको हिसाबले सुरुवात गरेका छौं । उमेर समूहलाई ध्यानमा राखेर दिईने जुन हाम्रो खोप हो यो ७७ वटा जिल्लाका सबै किशोरीहरुले पाउँनुपर्छ । यसको लागि नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले पहल गर्छ ।’
‘एचपीभी’ खोप आजदेखि निःशुल्क लगाइँदै छ । एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।
Discussion about this post