काठमाडौं । प्रतिष्ठित ‘टाइम म्यागेजिन’ ले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई समावेश गरेको छ । वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न थालेको हो ।
मेयर बालेन शाहले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने भन्दै म्यागेजिनले विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा समावेश गरेको हो । २०७९ बैशाखमा भएको स्थानीय तह चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरी विजयी भएका थिए ।
शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको लेखेको छ । म्यागेजिनले बालेनले फोहोर मैला तथा सरसफाईको को उचित प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको उल्लेख गरेको छ ।
म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । त्यसमा वैज्ञानिक, विभिन्न संस्थाका प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्री सहितका व्यक्तिहरु छन् ।
Discussion about this post