भक्तपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले, गणेशमान सिंह जस्ता व्यक्तित्वहरुको योगदानले देशमा लोकतान्त्रिक संविधान स्थापना सम्भव भएको बताएका छन् ।
भक्तपुरमा आज आयोजित गणेशमान सिंहको प्रतिमा अनावरण समारोहमा उनले देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाका लागि गणेशमान सिंहको योगदान अतुलनीय भएको भन्दै आउने पुस्ताले पनि त्यसलाई प्रेरणाको रुपमा लिनु पर्ने बताए ।
उनले भने, ‘यो देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाका लागि गणेशमान सिंहको योगदान अतुलनीय छ । अनेक चुनौतीहरु भोग्दै हामीले समावेशी लोकतान्त्रिक संविधान स्थापित गरेका छौँ । त्यो गणेशमान सिंह जस्तो व्यक्तित्वहरुको योगदानले सम्भव भएको हो ।’
Discussion about this post