काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप काठमाडौंको दशरथ रंगशालामा आज सुरु हुँदैछ ।
प्रतियोगिताअन्तर्गत घरेलु टोली नेपालले पहिलो खेल साँझ साढे ५ बजे पाकिस्तानसँग खेल्दैछ ।
त्यसअघि दिउँसो साढे १ बजे हुने उद्घाटन खेलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् ।
घरेलु टोली नेपालले उपाधिको लक्ष्य राखेको बताउँदा साविक विजेता भारतले आफूलाई सबैभन्दा बलियो दाबेदार भएको प्रतिक्रिया दिएको छ ।
प्रि-म्याच कन्फरेन्समा नेपालका कप्तान जियारथ शेखले छोटो तयारीका बाबजुद् टिम लयमा रहेको बताए ।
प्रशिक्षक सुनील श्रेष्ठले समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए ।
Discussion about this post