काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्ने भएका छन् ।
दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
यसअघि प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसलगायत विभिन्न मित्रराष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दालाई केन्द्रमा राखेर छलफल भएको बताइएको छ ।
Discussion about this post