काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले भेटी चढाएको भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस नबन्ने बताएका छन् ।
कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै भेटी चढाएर भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस नबन्ने बताए ।
उनले भने, ‘संविधानमा पनि ठूलो परिवर्तनको आवश्यकता छ । जबसम्म संविधानमा समानुपतिक भन्ने आफ्ना परिक्रमा गरेर वरपर दौडिने र भेटी चढाएको भरमा नियुक्ति गर्ने प्रथा हुन्छ त्यतिबेलासम्म कांग्रेस बन्दैन । कि समानुपातिकलाई निर्वाचन प्रणालीमा लैजाऔँ वा राष्ट्रियसभामा लैजाऔं ।’
उनले रुपान्तरण अभियानले जोड्ने काम गर्छ तोड्ने होइन भन्ने सन्देश सबैलाई दिन आवश्यक रहेको बताए ।
अहिले कांग्रेसलाई भ्रष्टाचारीहरुको संरक्षक भएको आरोप लाग्दै आइरहेको भन्दै त्यसलाई चिर्नुुपर्ने केसीले बताए ।
Discussion about this post