प्रदेश १ को पहिलो प्रदेशसभाको बैठक आइतबार दिउँसो १ बजे सुरु हुने भएको छ । पहिलो प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गर्नेछन् ।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकको कार्यसूची शनिबार सार्वजनिक गरेका छन् ।
कार्यसूची अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन आह्वानसम्बन्धि पत्र वाचन गर्नेछन् । यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने पत्रमा उल्लेख छ ।
प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०७९ सभामा सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची तय गरिएको पराजुलीले जानकारी दिए ।
बैठकपछि नयाँ जनादेशअनुसार सरकार गठन हुने र त्यसपछि यो समस्या समाधान हुने बताइएको छ । केन्द्रमा एमाले–माओबादीको गठबन्धनले पुष्पकमल दाहाल ९प्रचण्ड० प्रधानमन्त्री बनेसँगै प्रदेशको पनि सत्ता समीकरण फेरिएको छ ।
यसअघि कुनै पनि दलको निर्णायक ४७ मत नपुगेपछि एकसिटे जसपा निर्णायक बनेको थियो । तर, एमाले, माओबादी, राप्रपा र जसपाले मिलेर केन्द्रमा सरकार बनाएपछि प्रदेश १ मा पनि सोही अनुसार सरकार बन्ने भएको छ ।
प्रदेशको मुख्यमन्त्रीमा एमालेले दाबी गरेको छ ।
Discussion about this post