विराटनगर । मोरङमा चुल्होमा बालेको आगोले पोलेर बुधबार साँझ एक जना महिला घाइते भएकी छन् ।
लेटाङ नगरपालिका–७ वारांगी खोला घारीकी २६ वर्षीया जयकला राई घाइते भएको प्रहरीले जनाएको छ । आफ्नै घरको भान्सा कोठामा काम गरिरहेकी उनी बेहोस भएर साँझ ६ बजेतिर चुल्होमा ढलेको जानकारी प्रहरीले प्राप्त गरेको हो ।
खाना पकाउँदै गर्दा चुल्होमा परेर उनको अनुहार, आँखा, कान र कपाल जलेको प्रहरीले जनाएको छ । घाइते अवस्थाकी उनलाई मध्यरातमा उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो ।
राईलाई छारे रोगको पुरानै समस्या थियो । अवस्था मध्यम रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post