Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

केन्द्रिय सरकार गठन भैसके पछि अब प्रदेश सरकारको रस्साकस्सी सुरु भएको छ । यसैबीच प्रदेश-१ का प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । आह्वानमा पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न भनिएको छ ।
‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।
Discussion about this post