प्रदेश १ को पहिलो बैठकमा प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ पेस भएको छ । आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेश निजामती सेवा अध्यादेश पेश गरेका हुन् ।
संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले काम कारवाही गर्नका लागि छुट्टै अध्यादेश ल्याउनु परेको कार्कीको भनाइ थियो ।
प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो ।
आइतबारको बैठकमा केही प्रदेश ऐन संशोधन अध्यादेश पनि पेश भएको छ । प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ ।
Discussion about this post