काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले, जनताको मुख थुनेर सत्ता नटिक्ने टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले, वाक स्वतन्त्रतामाथि प्रतिवन्ध लगाएर सत्ता टिकाउने सपना नदेख्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।
सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयमा प्रधानमन्त्रीलाई संकेत गर्दै उनले भने ‘उनले टिकटक बन्द गर्छन अहिले मान्छे मुख बन्द गर्लान जस्तो बोल्लास भनेर । यस्तो बुद्धिले हुन्छ त ? फेसबुक बन्द गरेर लेख्न नदिएर यो त निरङ्कुश व्यवस्थाको चरित्र हो । यसरी हुँदैन सत्ता पनि डगमगाएको जस्तो जनताको मन जितेर पो सत्ता टिक्छ मानिसकोे मुख बन्द गरेर सत्ता टिक्छ त? जनतालाई असन्तुष्ट बनाउने अनि सत्ता टिकाउँछु भनेर हुन्छ ?
महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे ।
Discussion about this post