काठमाण्डाै । झापामा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
भद्रपुर नगरपालिका–४ को झिलिमिली पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका कचनकवल–२ का लेखनाथ दाहालको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका चालक धनपति पाठकको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भैरहेको छ ।
यस्तै, हिजो बेलुका बिर्तामोडमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक कनकाई नगरपालिका–८ का तोयानाथ उप्रेतीको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
तीन जना रहेको मोटरसाइकलमा पछाडि बसेका कनकाई–५ का रविरत्न सिटौला र बाह्रदशी गाउँपालिका–७ का सागर माझी घाइते भएका र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post