झापा । गत मंगलवारबाट जारी ‘आदिवासी जनजाति बिर्तामोड महोत्सव’मा भोलि सोमवार साँझ सविन राईको प्रस्तुति रहेको छ ।
सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सव सञ्चालन गरिएको र महोत्सवमा सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गर्न हरेक दिन फरक– फरक कलाकारको प्रस्तुति रहँदै आएको छ ।
जस अन्तर्गत आज माघ १५ गते साँझको प्रस्तुति पप गायक सविन राईको रहेको मेला आयोजक समितिका सञ्जय महतोले जानकारी दिए । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा महोत्सवको आयोजना गरिए पनि महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति अन्तर्गत द एलिमेन्ट बेन्ड, सविन राईको बेन्ड, पूर्ण राईको बेन्ड, सपना सुमनको बेन्डसँगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटी लगायतका कालाकारको मेला अवधिभर प्रस्तुति रहने मेला सञ्चालक नारायण अधिकारीले जानकारी दिए ।
थोरै गीत गाएर धेरैको मनमा बस्ने गायक सविन राई
थोरै गीत गाएर धेरैको मनमा बस्ने गायकमध्येमा पर्छन् । सन् २००१मा एउटा एल्बम् निकालेर असफलता बेहारेका राईको सन् २००३मा निस्किएको ‘सतह’ एल्बमले उनलाई यस्तो सफलता दिलायो जुन सफलताले आजसम्म पनि सविन राईलाई संगीत प्रेमी माझ जीवन्त बनाइराखेको छ । ‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँशको फेद मुनि’ ‘किन कि म’ ‘नमूना’, ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता गीत ‘सतह’ एल्बममै समेटिएका थिए ।
त्यसयता ती गीतलाई बिर्साउने सविनका गीत आएका छैनन् तर पनि उनलाई सुन्न चाहने स्रोताको कुनै कमी भने छैन । २०३० साल माघ २३ गते जन्मिएका सविनले प्रोफेशनल रुपमा २००२देखि गीत गाउन शुरु गरेका हुन् । गीत संगीतको यात्रासंगै विदेश भ्रमण प्रायः गरेका सविन जहाँ नेपालीहरुको बसोबास बढी छ– त्यहाँ पुगेका छन् ।
Discussion about this post