धरान । विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा धरानमा प्रभातफेरि कार्यक्रम गरिएको छ ।
शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरीद्वारा आयोजित प्रभातफेरि कार्यक्रम धरान उपमहानगरपालिकाको कार्यालय देखि शुरु भई चतरा लाईन, छाता चोक हुँदै भानुचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
नेपालमा पहिलो पटक प्रेस स्वतन्त्रता दिवसको शुरुवात २०५४ (सन् १९९८) सालदेखि धरानबाट शुरु गरिएको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए । आफु पत्रकार महासंघको अध्यक्ष भएको बेलामा २७ वर्ष अघि सिमित पत्रकारहरुबाट शुरु गरिएको उनले बताए । पछी नेपालका अन्य ठाउँहरुमा पनि शुरु गरिएको र हाल सम्म आईपुग्दा पत्रकार महासंघले आफ्नो क्षमता धेरै बढाएको बरिष्ठ पत्रकार सुब्बाले बताए ।
नेपालको विभिन्न आन्दोलनमा पत्रकार महासंघले प्रमुख भुमिका खेलेको र प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता जब सम्म हुँदैन तब सम्म प्रजातन्त्र, लोकतन्त्रको सम्भावना हुँदैन भन्न्ने जरुरी रहेकोले २०४६ सालको आन्दोलन र दोस्रो जन जन्दोलनमा पत्रकार महासंघले नेतृत्व गरेकोे बरिष्ठ पत्रकार सुब्बाले बताए ।
पछिल्लो समय इन्टरनेटको तिव्र गति संगै सञ्चार माध्यमलाई पनि फराकिलो बनाएको छ त्यसले सञ्चार माध्यमलाई कता लैजान्छ र अब कसरी सञ्चार माध्यमहरुले मर्यादित, अनुशासित र देश विकास, परिवर्तन, गर्न सक्छ र कसरी अगाडी बढाउन सकिन्छ भन्ने बहस गर्दै सबै पत्रकारहरुले संकल्प गर्नुपर्नेमा र सरकारले पनि नियमन गर्नुपन उनले बताए ।
जहाँ प्रेस स्वतन्त्रता हुन्छ त्यहाँ लोकतन्त्र हुन्छ, जहाँ प्रेस स्वतन्त्रता हुदैंन त्यहाँ लोकतन्त्र बच्न सक्दैन भन्ने मुल्य र मान्यताको साथ लोकतन्त्रको अभिन्न अंग, लोकतन्त्रको जिवन्त अंगको रुपमा प्रेस स्वतन्त्रता अंगाल्नुपर्ने धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघाले बताए ।
लोकतन्त्र बच्यो भने प्रेस स्वतन्त्रता बच्ने भएकोले यसलाई पत्रकारहरुले पनि भुमिका खेल्नुपर्ने र जे जो हो त्यही सुचना सम्प्रेषण गर्ने र सहि सुचना चाँही प्रवाह पत्रकारहरुले गर्नुपर्ने उपमेयर बेघाले बताए ।
पछिल्लो समय धरान चर्चाको विषय भएको छ धरान हरेक कुराको उर्वर, सृजनशिल रहेको ठाउँ हो तर पछिल्लो समय धरानमा अराजकता भएको छ, सुचना सम्प्रेषण धेरै भएको छ तर सहि सुचना कुन हो भन्ने एकिन गर्न गार्हो भएको निवर्तमान नगर प्रमुख तिलक राईले बताए ।
हाल सञ्चार माध्याम व्यापारको माध्यम भएको र अनलाईनमा देखेको समान लिए जस्तै निल्नुन ओकल्नु भएको समेत राइले बताए । त्यसैले मुलधारको छापाखााना, सञ्चार माध्यमहरुले जिम्मेवारी पुर्वक आफ्नो कार्य गर्न सबै पत्रकारहरुलाई निवर्तमान नगर प्रमुख राईले आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सुनसरीको सचिव ध्रुव ढकालले सञ्चालन गरेकोे उक्त प्रभातफेरीमा कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघा, निवर्तमान नगर प्रमुख तिलक राई, बरिष्ठ पत्रकार हर्ष सुब्बा, लगायत सञ्चारकर्मीहरु, राजनितिकर्मी, संघसंस्थाका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Discussion about this post