विराटनगर / आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
अमेरिकाको फ्लोरिडामा नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षा कारण सम्भव नभएपछि टस समेत नभई खेल रद्द भएको हो ।
लगातारको वर्षाले मैदान खेल्न अयोग्य रहेका कारण खेल सम्भव नभएको हो । योसँगै दुवै टिमले समान एक अङ्क बाँडेका छन् ।
नेपालसँगको खेल रद्द भएसँगै श्रीलङ्काको सुपर–८ मा पुग्ने सम्भावना समाप्त भएको छ ।
समूह ‘डी’ मा दुई खेलबाट एक अङ्क जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ ।
नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले अब समूह चरणको तेस्रो खेल शनिवार दक्षिण अफ्रिकासँग र चौथो खेल सोमबार बङ्गलादेशसँग खेल्नेछ ।
Discussion about this post