तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बस खस्दा मृत्यु भएका २७ भारतीय नागरिकको शव भारत लगिएको छ ।
चितवनको भरतपुर अस्पतालमा पोस्टमार्टमपछि शव भारत लगिएको हो ।
शव लैजान भारतीय वायुसेनाको विमान शनिबार अपराह्न भरतपुर पुगेको थियो । वायुसेनाको विमानमार्फत २५ र शववाहनबाट दुई शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
त्यसअघि, भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधि पुगेका थिए ।
Discussion about this post