काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेकोे १०२ मेगावाट विद्युतबाट विजुली उत्पादन गर्ने बताएका छन् ।
आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र भोटेकोशी जलविद्युतबाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हुन् ।
उनले भने, ‘बाह्रबिसे १०२ मेगावाट विद्युत, भोटेकोशी जलविद्युतको काम करिव एक महिनामा सिध्याउने र विजुली बाल्ने काम पूरा भएको छैन । करिब आठ महिना वितिसक्दा पनि वातावरण वा परिस्थिति नमिलेर केही ढिलाइ भएको छ । हामीले स्थलगत गएर अध्ययन गरिसकेका छौं । अब एक महिना अर्थात असोजभरीमा त्यहाँको १०२ मेगावाट विजुली उत्पादन गर्दैछौं ।’
साथै उनले मंसिर भरमा नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय अन्र्तगतसँगको सबै प्रक्रिया मिलाएर साँढे पाँच सय मेगावाट विद्युत बाल्न सफल हुने बताए । उनले छिटो भन्दा छिटो नेपालको हरेक कुनाकाप्चामा बत्ती बाल्ने निर्णय भएको बताए ।
कार्यक्रममा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राई, उर्जा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललगायतले आफ्नो धारणा राखेका थिए ।
Discussion about this post