इलाम / नेकपा एमाले इलाम नगरपालिकाको दोस्रो अधिवेशन आज सुरु हुँदै छ । भोलीसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । हालसम्म नगर अध्यक्षमा ४ जना आकाङ्क्षी रहेका छन् ।
एमालेको नेतृत्वका लागि छवि श्रेष्ठ, ठाकुर नारायण श्रेष्ठ, तिलक ठकुरी र दीपेन्द्र चापागाईँ अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् ।
ठकुरी यसअघि भएको पहिलो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसै गरी ठाकुर नारायण श्रेष्ठ यसअघि अधिवेशनबाट नगर सचिव पदमा निर्वाचित भएका थिए । उनी पहिलो स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिका–५ को वडाध्यक्ष समेत निर्वाचित भएका थिए ।
त्यसै गरी दीपेन्द्र चापागाईँ यसअघि पार्टीको उपाध्यक्षको रूपमा रहेका छन् । छवि श्रेष्ठ विद्यार्थी राजनीति देखी आएका हुन उनी हाल पार्टी जिल्ला सचिवालय सदस्य समेत रहेका छन् ।
त्यसै गरी सचिवमा पहिलो अधिवेशनबाट निर्वाचित उपसचिव नारद लम्साल र चित्रमाया गुरुङसङै गायत्री थेगिम र प्रकाश घिमिरेको चर्चा रहेको छ । आज र भोली दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ समिति चयन गर्ने छ ।
Discussion about this post