इलाम : मेची राजमार्गको फिदिम २ रमितेमा खसेको पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको छ ।
पहिरो हटाइएसँगै बुधबार अपरान्हदेखि एकतर्फी सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
भट्टराईकाअनुसार पूर्ण रूपमा सडक सञ्चालनमा आउन अझै समय लाग्नेछ । अहिले खुलेको सडकमा साना सवारीहरू मात्र सञ्चान गर्न सकिने उनले बताए ।
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए। सडक सञ्चालनमा आएसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। मेची राजमार्ग फिदिमसम्म सञ्चालनमा आएको छ ।
हेवाखोले बेलिब्रिज बगाएपछि ताप्लेजुङतर्फ सडक सञ्चालन हुन समय लाग्ने बताइएको छ ।
Discussion about this post