इटहरी : लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सी को दोस्रो क्याबिनेट मिटिङ इटहरीमा शनिवार हुने भएको छ ।
क्लबको दोस्रो क्याबिनेट मिटिङ तथा १०० दिनको कार्य समीक्षा भोलि शनिवार इटहरी मा रहेको लायन्स भवनमा हुने भएको आयोजकले जनाएको छ।
क्याबिनेट मिटिङ तथा सेलिब्रेसनमा १०० दिन सम्म गरेका सेवा र यस सम्बन्धी कामहरूको बारेमा समीक्षा गर्दै आगामी ३ महिनाको कार्य योजना बनाइने डिस्ट्रिक्ट ३२५ सी अन्तरगत एरिया ४ चिफ थानेस्वर ढकाल नेल्सनले बताए । मिटिङमा देशै भरका १५ वटै डिस्ट्रिक्ट गभर्नर तथा भारतका समेत केही डिस्ट्रिक्ट गभर्नरहरूलाई आमन्त्रण गरिएको ढकालले बताए ।
क्याबिनेट मिटिङमा गएको १०० दिनमा भएका कामहरूको समीक्षा गर्दै आगामी दिनमा के कस्ता कामहरू गर्ने र क्लबको सदस्यता बढाउन कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरिने समेत डिस्ट्रिक्ट ३२५ अन्तरगत ४ नं एरिया चिफ थानेस्वर ढकाल नेल्सन एम् जे एफले बताए ।
१४ ओटा क्लबहरूको व्यवस्थापनमा हुन लागेको क्याबिनेट मिटिगं १ हजार भन्दा बढी लायन्सहरुको सहभागिता हुने डिस्ट्रिक्ट ३२५ सी का गभर्नर विकास अधिकारीले बताए ।
लायन्स क्लबहरूका लागि उत्सवका रूपमा रहेको क्याबिनेट मिटिङले डिस्ट्रिक्ट नीतिगत निर्णयहरू समेत हुने भएकाले निकै महत्त्वपूर्ण रहेको गभर्नर अधिकारीले बताए ।
वर्षभरिमा ४ ओटा क्याबिनेट मिटिङ हुने लायन्सको पहिलो क्याबिनेट मिटिङ भने विराटनगरमा भएको थियो ।
Discussion about this post