बाँके : बाँकेमा सेफ्टी ट्यांकीमा मान्छेको टाउको भेटिएको छ । जिल्लाको कोहलपुरमा मृत फेला परेका चन्द्रबहादुर कामीको टाउको सेफ्टी ट्यांकीमा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामीको टाउको घटनास्थलबाट करिब ५ सय मिटर पूर्वउत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकीमा फेला परेको हो।
गत शनिबार कामीको टाउको बिनाको कामीको शव शितलनगरमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post