विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई हेडक्वार्टर तानिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कार्कीलाई हेडक्वार्टर तानेर उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाइएको छ । लिम्बू प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
मोरङबाट एसपी कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए ।
उनका अनुसार एसपी कार्कीलाई हेडक्वार्टर तानेर छानबिन सुरु गरिने छ । तर, सरुवाको कारण भने थाहा नभएको डीआईजी कार्की बताउँछन् । प्रहरी स्रोतले भने आर्थिक विवादमा एसपी कार्की मुछिएको दाबी गरेको छ ।
Discussion about this post